काँग्रेसको केन्द्रीय अनुशासन समिति बैठक जारी
२०८२ चैत १८ गते

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि बैठक सुरु भएको हो ।
पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको विवाद झन् चर्किएको छ ।
लेखक पक्राउको विषयमा संस्थापनइतर समूहले सन्तुलित विज्ञप्ति जारी गरेपछि देउवा समूहले समानान्तर गतिविधि गरिरहेको छ ।
समानान्तर गतिविधि गरेको भन्दै नेता पूर्णबहादुर खड्कामाथि कारबाही गर्ने बताइएको छ ।
२०८२ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित









