बगदादबाट अमेरिकी पत्रकार अपहरण, इरान समर्थित मिलिसियामाथि आशंका

काठमाडौँ । इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् । इराकी तथा अमेरिकी अधिकारीहरूले उक्त घटनामा इरान समर्थित मिलिसियाको संलग्नता रहेको आशंका गरेका छन् ।

अमेरिकी फ्रीलान्स पत्रकार शैली किटलसन मंगलबार साँझ बगदादबाट अपहरणमा परेको बताइएको छ । घटनापछि सुरक्षा निकायहरूले व्यापक खोजी अभियान सुरु गरेका छन् ।

इराकी गृह मन्त्रालयका अनुसार अपहरणकारीहरूको खोजी गर्ने क्रममा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रारम्भिक सूचनाअनुसार अपहरणकारीहरू इरान समर्थित ‘कताइब हिज्बुल्लाह’ मिलिसियासँग आबद्ध रहेको आशंका गरिएको छ ।

पछिल्लो समय इरानको पक्षमा रहेका इराकी इस्लामिक मिलिसियाहरूले अमेरिकी स्वार्थ र संरचनामाथि आक्रमणका गतिविधि बढाउँदै आएका छन् ।

यस घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =