बन्दी प्रत्यक्षीकरण रिटमा पूर्वमन्त्री खड्का र सांसद शर्माको मुद्दा सर्वोच्चमा सुनुवाइ
२०८२ चैत १८ गते

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मासम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो ।
पूर्वमन्त्री खड्काको तर्फबाट उनकी पत्नी बिनिता खड्काले तथा सांसद शर्माको तर्फबाट चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका हुन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पूर्वमन्त्री खड्का आइतबार पक्राउ परेका थिए । उनको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
यसैगरी, सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ । केही वर्षअघि उनको निवासबाट एक बालिकालाई काठमाडौँ महानगरपालिकाले उद्धार गरेको थियो ।
२०८२ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित









