पूर्वमन्त्री दीपक खड्काको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काको पक्राउविरुद्ध उनकी श्रीमती बिनिता खड्काले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार उक्त रिट दर्ता गरिएको हो ।

खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पक्राउ गरेको थियो । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित खड्काको घरमा आगजनी गरेका थिए । सो क्रममा घरभित्रबाट ठूलो रकम भेटिएको र पैसा उडाइएको दृश्य सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको थियो ।

उक्त घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =