सांसद रेखा शर्मालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको हो ।

शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो । पक्राउपछि आजै सरकारी वकिलको कार्यालयमार्फत उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

यसअघि काठमाडौं महानगरपालिका ले २०८१ जेठ १४ गते शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेपछि महानगरले उद्धार गरेको जनाएको थियो ।

त्यतिबेला महानगरका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहले समेत उक्त घटनाबारे प्रश्न उठाएका थिए ।

घटनासम्बन्धी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि पक्राउ नगरेको भन्दै आलोचना भएको थियो ।

यसअघि २०८१ माघ अन्तिम साता महान्यायाधिवक्ता कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =