थुनामा रहेका पूर्वमन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पताल भर्ना
२०८२ चैत १६ गते

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
विभागका एक अधिकृतका अनुसार अदालतबाट ७ दिनको म्याद लिएर खड्कालाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएको थियो । गएराति करिब साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो ।
नर्भिक अस्पतालमा प्रारम्भिक उपचारपछि पनि अवस्था सुधार नआएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको बताइएको छ । हाल शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको छ ।
२०८२ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित









