सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद सचिवालयको सूचना

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।

भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूले शपथ लिएको मितिबाट ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने सचिवालयले जनाएको छ ।

ऐनको दफा ५० मा सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण तोकिएको निकायसमक्ष अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

सचिवालयका अनुसार सांसदहरूले जेठ १० गतेभित्र संसद सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखामा विवरण बुझाइसक्नुपर्नेछ ।

सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्ने भए पनि सो विवरण गोप्य नहुने जनाइएको छ ।

विवरणमा सांसदको नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना, मोबाइल नम्बर लगायतका आधारभूत जानकारी उल्लेख गर्नुपर्नेछ ।

त्यसैगरी, बुझाइने सम्पत्तिको विवरणमा सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण समावेश गर्नुपर्ने सचिवालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =