स्नातकसम्म पढ्न नागरिकता नचाहिने 

काठमाडौं । सरकारले स्नातक तहसम्मको अध्ययनका लागि नागरिकता आवश्यक नपर्ने निर्णय लागू गर्ने भएको छ । शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार सार्वजनिक गरेको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अन्तर्गत शिक्षा क्षेत्रमा यस्तो सुधारको योजना अघि सारिएको छ ।

कार्यसूचीको बुँदा नम्बर ८८ मा विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययनका लागि नागरिकता आवश्यक नपर्ने गरी विश्वविद्यालयहरूले तत्काल कार्यविधि बनाउनुपर्ने उल्लेख छ ।

सरकारले एकसाथ गरेको सय वटा निर्णयको बुँदा नम्बर ८८ मा भनिएको छ, ‘विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्ने ।’

यस्तै, शैक्षिक क्यालेन्डरअनुसार समयमै नतिजा सार्वजनिक गर्ने र आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका आन्तरिक परीक्षाहरू बन्द गरी ‘वैकल्पिक मूल्याङ्कन प्रणाली’ लागू गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =