सरकारको १०० कार्यसूची स्वागतयोग्य छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले शुक्रबार सार्वजनिक गरेको १०० कार्यसूची स्वागत योग्य रहेको बताएका छन् ।
उनले मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीले मुलुकको शासन प्रणालीलाई थप परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन, तथा उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक छ । महासंघले उठाएका धेरै विषयहरू यस कार्यसूचीमा समावेश हुनु थप उत्साहजनक छ । हामी यस सुधार एजेण्डालाई स्वागत गर्दछौं ।’
उनले शासकीय सुधारसम्बन्धी १०० कामको कार्यान्वयनमा सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको पनि बताएका छन् ।









