महेश बस्नेतको प्रश्न: देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो?

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको दिनगन्ती सुरु भइसकेको बताएका छन् ।

प्रहरीबाट आफ्ना कार्यकर्ता माथि दमन भएको बताउँदै बस्नेतले पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुने बताएका हुन् ।

उनी भन्छन्:
पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ ।

तिमीहरूको गलत निर्णयले दुई तिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ ।

के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ?

हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्‍यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्?

तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला । दुई तिहाइको दम्भ बन्द गर। घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर ।

यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ ।

साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =