एमालेका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ
२०८२ चैत १४ गते

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्व सभासद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
एक महिलाले बलात्कार आरोपमा उजुरी दिएपछि शनिवार प्रहरीले मल्ललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई इलाका प्रहरी कार्यालय सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।
उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको छ ।
२०८२ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित









