राजनीतिक प्रतिशोधको कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको बताएका छन् ।

उनले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । ज्ञवालीले एमाले विरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गरे । यसबाट सत्तापक्ष र प्रतिपक्ष बीचको दूरी अझ बढ्ने देखिएको छ ।

उनी भन्छन्, ‘यो प्रतिशोध हो । यसको हामीले कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौँ । हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र प्रतिशोधको कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद हुन्छ ।’

अध्यक्ष ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =