राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः एमाले सचिव विश्वकर्मा

काठमाडाैं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनाक्रमलाई राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने बताएका छन् । उनले यस घटनालाई ‘गलत’ र ‘निन्दनीय’ भन्दै पार्टीले यसमा विमर्श गरेर थप कदम चाल्ने जानकारी दिएका हुन् ।

विश्वकर्माले पार्टीको आधिकारिक धारणा बैठकपछि मात्रै थप स्पष्ट हुने बताए । विश्वकर्माकाअनुसार पार्टीको तर्फबाट यस विषयमा प्रारम्भिक धारणा सार्वजनिक भइसकेको छ । उनले विषय अगाडि बढिसकेकाले आन्तरिक छलफल पछि मात्रै थप कुराहरू बाहिर ल्याइने बताए ।

उनले भने, ‘राजनीतिक रूपमा यसको प्रतिवाद हुन्छ । कानूनी लडाइँ सँगसँगै हुन्छ नै । यो आएर भर्खर मलाई थाहा भइरहेको छ । यो गलत भएको छ । अब बैठकमा छलफल भएर विमर्श भएपछि मात्र भन्न सकिन्छ ।’

बैठकबाट छलफल भइसकेपछि पार्टीले समग्रतामा आफ्नो आधिकारिक धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्ने उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =