अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको बताएकी छन् ।

शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने बताइन् ।

न्यायाधीश थापाकाअनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन हुन् ।

न्यायाधीश थापाले सम्मेलनमा उपस्थित सहभागीहरूलाई केवल औपचारिकताका लागि मात्र नभई कार्यपत्रहरूमा घनीभूत छलफल गर्न र सशक्त घोषणापत्र तयार गर्न आग्रह गरिन् ।

उनले औपचारिक कार्यक्रमहरूमा धैर्यता र अनुशासन पालना गर्नु कानून व्यवसायीको पहिलो पहिचान भएको बताइन् । नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशिताको सिद्धान्त व्यवहारमा लागू भइरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =