सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्ने बताएका छन् ।

शुक्रवार कार्यसमितिको बैठकअघि पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले यस्तो बताएका हुन् ।

उनले पार्टीका अधिकांश नेता कार्यकर्ताले अहिलेको राजनीतिक परिस्थितिमा काँग्रेसलाई थापाको आवश्यकता छ भनिरहेको उल्लेख गरे । ‘सभापतिको राजीनामा बारेमा केन्द्रिय समितिका साथिहरुले आफ्नो राय राख्नुपर्यो । विधानअनुसार पार्टी सभापतिको राजीनामा केन्द्रीय समितिमा पेश हुन्छ । पदाधिकारीले मात्र भने हुँदैन । अधिकांश नेता कार्यकर्ताले अहिलेको परिस्थितिमा नेपाली काँग्रेसमा गगन थापाको आवश्यकता छ । त्यसैले राजीनामा दिनुहुन्न भन्ने धारणा पहिलेदेखि नै आइरहेको थियो’ उनले भने ।

साथै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे प्रारम्भिक समिक्षा गरिने बताए । प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवारलाई रिपोर्ट पठाउन निर्देशन दिइसकेको उल्लेख सबै निर्वाचन क्षेत्रबाट रिपोर्ट प्राप्त भइसकेपछि निर्वाचनको विस्तृत समिक्षा छिट्टै हुने समेत बताए । ‘अहिले हामी निर्वाचन परिणामको प्रारम्भिक समिक्षा गर्छौं । हामीले उम्मेदवारहरुको रिपोर्ट मागिसकेका छौँ । रिपोर्ट आइसकेपछि छिट्टै केन्द्रिय समितिको बैठक बसेर विस्तृत रुपमा समिक्षा गछौं’ उनले भने ।

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुने एजेण्डा तय भएका छन् । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =