भृकुटीमण्डपमा सुरु भयो फूल मेला (तस्बिरहरू)

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पो सुरु गरेको छ ।

‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ यो एक्स्पो ५ देखि ८ चैतसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

एक्स्पोका संयोजक तथा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङका अनुसार प्रदर्शनीमा कुल ८२ वटा स्टल रहेका छन् । जसमा ६५ व्यावसायिक, ११ अफिसियल, २ प्रतिस्पर्धात्मक, २ फूड, १ ल्याण्डस्केप, १ सेल्फी र १ बीवाईडी ईभी कार स्टल समावेश छन् ।

त्यस्तै, यस वर्ष करिब ६० हजार अवलोकनकर्ताले भ्रमण गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =