ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’को मौलिक संस्कृति संरक्षण गर्न महोत्सव

काठमाडौँ । किराँतकालदेखि मानव बस्तीका रूपमा विकास हुँदै आएको गोकर्णेश्वर नगरपालिका–४ स्थित ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’का युवाहरू त्यहाँको मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन् ।

नेवाः देय् दबू गोकर्णेश्वर नगर समितिले आज ‘ऐतिहासिक गोकर्ण देशे गाउँ’ मा आयोजना गरेको पत्रकार सम्मेलनमा यस क्षेत्रको मौलिक संस्कृति, वेषभूषा, बाजागाजाको संरक्षणका लागि यही चैत १४ गते गोकर्णेश्वर मौलिक, सांस्कृतिक तथा नेवारी खाजा महोत्सव गर्न लागिएको जानकारी दिइएको हो ।

किराँतकालका राजा पटुकका बेला बसेको यहाँको ऐतिहासिक बस्तीको मौलिक संस्कृति संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसारका लागि कार्यक्रम गर्न लागिएको दबूका अध्यक्ष शिवहरि श्रेष्ठले जानकारी दिए ।

‘ऐतिहासिक गोकर्ण देशे गाउँ’ मा रहेको त्यसबेलाको राजधानी सोमवंशीले आक्रमण गरेपछि शङ्खमूल सारिएको प्रसङ्ग पनि यहाँका स्थानीय बूढापाकाले सुनाउने गरेका छन् ।

ऐतिहासिक बस्ती, धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान भए पनि यहाँको संस्कृति र मौलिकता क्रमशः लोप हुन थालेकाले महोत्सव आयोजना गर्न लागिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =