अर्थमन्त्री रामेश्वर खनालले भने, ‘अब विश्राम लिने बेला भयो’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफ्नाे विश्राम लिने समय आएकाे बताएका छन् । नेपाल नागरिक लगानी कोषको वार्षिकउत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्ताे बताएका हुन् ।

उनले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् । निर्वाचन आयोगले बिहीवारसामानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए ।

अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =