आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८३ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९६ रुपैयाँ ६७ पैसा र बिक्री दर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८७ रुपैयाँ ५५ पैसा र बिक्री दर १८८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ ५१ पैसा र बिक्री  दर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ६४ पैसा र बिक्री दर १०८ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११५ रुपैयाँ ४५ पैसा र बिक्री दर ११५ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २८ पैसा र बिक्री दर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ४२ पैसा र बिक्री दर २१ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ २८ पैसा र बिक्री दर ३९ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ३६ पैसा र बिक्री दर ४० रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंककाअनुसार थाइ भाट एकको खरिद  दर चार रुपैयाँ ५५ पैसा र बिक्री  दर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ १६ पैसा र बिक्री दर ४० रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद  दर ३७ रुपैयाँ ६५ पैसा र बिक्री  दर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिद दर ०९ रुपैयाँ ८९ पैसा र बिक्री  दर ०९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिद  दर १५ रुपैयाँ ८३ पैसा र बिक्री  दर १५ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ७३ पैसा र बिक्री  दर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिद दर ४८० रुपैयाँ ७७ पैसा र बिक्री दर ४८२ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिद दर ३९० रुपैयाँ ६८ पैसा र बिक्री दर ३९२ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिद दर ३८३ रुपैयाँ १२ पैसा र बिक्री दर ३८४ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री  दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =