भोजपुरमा हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

भोजपुर । हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो ।

सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोबासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनकाअनुसार हावाहुरीसँगै बर्सात हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रूपमा बसोबासमा समस्या भएको हो ।

हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पुर्‍याएको छ । जिल्लामा घरका छाना विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियोको टावर, नेपाल टेलिकमको टावर लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

उनकाअनुसार अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ । हावाहुरीले भौतिक संरचनामा क्षति पुर्‍याएकाले विवरण सङ्कलन भए पश्चात् राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए  । स्थानीय तहहरूले राहत तथा विवरण सङ्कलन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =