छोराछोरीसहित बेपत्ता भएकी महिलाको शव भेटियो

काँक्रेविहार । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेलापरेको छ ।

एघार वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव आज बेलुकी फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढथापाले जानकारी दिए ।

प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो । हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३ पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको प्रवक्ता बुढथापाले जानकारी दिए ।

उनका दुई छोराछोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू आइतबारदेखि बेपत्ता थिए । मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =