चाँदीको मूल्य सामान्य घट्दा सुनको बढ्यो
२०८२ चैत २ गते

काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुनकाे मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
२०८२ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित









