यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १९५ रुपैयाँ २७ पैसा र बिक्री दर १९६ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८६ रुपैयाँ ५६ पैसा र बिक्री दर १८७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०३ रुपैयाँ ०७ पैसा र बिक्री दर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ६२ पैसा र बिक्री दर १०८ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११५ रुपैयाँ ०१ पैसा र बिक्री दर ११५ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ४१ पैसा र बिक्री दर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ३४ पैसा र बिक्री दर ३९ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ३९ पैसा र बिक्री दर ४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५५ पैसा र बिक्री दर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ २० पैसा र बिक्री दर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ०९ रुपैयाँ ८३ पैसा र बिक्री दर ०९ रुपैयाँ ८७ पैसा , स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ५७ पैसा र बिक्री दर १५ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ५६ पैसा र बिक्री दर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिद दर ४८१ रुपैयाँ ७० पैसा र बिक्री दर ४८३ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिद दर ३९१ रुपैयाँ ०५ पैसा र बिक्री दर ३९२ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिद दर ३८३ रुपैयाँ ४८ पैसा र बिक्री दर ३८५ रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =