प्रतितोला ४ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो । यो अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =