तेल र ग्याँस बोकेको भारतीय दुई जहाजले पार गरे होर्मुज स्ट्रेट
२०८२ चैत १ गते

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावकाबीच पनि भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार यो जानकारी दिएका हुन् ।
उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए । उनका अनुसार यी दुवै जहाजमा कुल करिब ९३ हजार मेट्रिक टन बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ ।
विदेश मन्त्रलायका प्रवक्ता जयसवालका अनुसार खाडी क्षेत्रमा भारतका अन्य जहाज पनि स्ट्यान्डबाइ अवस्थामा राखिएका छन् । भारतले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको छ ।
यसअघि इन्धन बोकेर भारत आउँदै गरेको एक थाई जहाजमा हमला भएको थियो ।
२०८२ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित









