समानुपातिक सांसद सिफारिस गर्न रास्वपा सचिवालय बैठक भोलि बस्ने
२०८२ फागुन २९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक बस्न लागेको हो । बैठकको समय र स्थान भने सभापतिको स्वास्थ्य अवस्था हेरेर तय गरिने र त्यसबारे छिट्टै जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिससम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यसका साथै बैठकमा विविध विषयमा पनि छलफल गरिने जनाइएको छ ।
२०८२ फागुन २९ गते
प्रतिक्रिया








