समानुपातिक सांसद र मन्त्री छान्न रवि–बालेनको वान–टु–वान छलफल

काठमाडौं । रवि लामिछाने अस्वस्थ भएपछि केही दिन यता घरमै आराम गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई लगातार चुनावी व्यस्तताका कारण स्वास्थ्य समस्या देखिएको हो ।

लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा पिसाबमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन् । तर ज्वरो पूर्ण रूपमा नघटेपछि चिकित्सकले अझै एक–दुई दिन पूर्ण आराम गर्न सुझाएका छन् ।

यसैबीच, रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेन्द्र साह (बालेन) ले बिहीबार लामिछानेको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

चुनावी नतिजा सार्वजनिक भएपछि दुवै नेताबीच भएको यो पहिलो भेट भएको बताइएको छ । स्रोतका अनुसार उनीहरूबीच ‘वान–टु–वान’ कुराकानी भएको थियो ।

पार्टीले आगामी पर्सीसम्म समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको टुंगो लगाउनुपर्ने छ । साथै, बालेन नेतृत्वमा बन्ने सम्भावित मन्त्रीपरिषद्को प्रारम्भिक गृहकार्य पनि गर्नुपर्ने अवस्था छ । यी दुवै विषयमा लामिछाने र साहबीच सामान्य छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =