सीजी इलेक्ट्रोनिक्सले सुरु गर्‍यो ‘निःशुल्क एसी सेवा क्याम्प’ र आकर्षक एक्सचेन्ज अफर

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्स ले गर्मी मौसम सुरु हुनुअघि ग्राहकहरूको सुविधा राहतका लागि विशेष ‘निःशुल्क एसी सेवा क्याम्प’ र आकर्षक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । यो क्याम्प अन्तर्गत ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराउन सक्नेछन् ।

योजनाका मुख्य आकर्षणहरू

  • जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ: ग्राहकले आफ्नै ब्रान्डको एसी क्याम्पमा ल्याएर निःशुल्क सर्भिसिङ गराउन सक्नेछन् ।

  • स्पेयर पार्ट्समा ५०% सम्म छुट: मर्मतका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स खरिदमा ५०% सम्मको भारी सहुलियत ।

  • पुरानो एसी साट्दा ५०% सम्म अतिरिक्त मूल्याङ्कन: ग्राहकले आफ्नो पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी खरिद गर्दा ५०% सम्म अतिरिक्त मूल्याङ्कन पाउनेछन् ।

  • नयाँ खरिदमा २०% सम्म छुट: नयाँ सीजी एसी खरिद गर्दा ग्राहकले सिधै २०% सम्मको नगद छुट पाउनेछन् ।

  • निःशुल्क जडान: नयाँ एसी खरिद वा एक्सचेन्ज गर्दा रु ४,००० बराबरको इन्स्टलेशन शुल्क पूर्ण रूपमा निःशुल्क ।

  • रु ३,००० बराबरको उपहार: एक्सचेन्ज गर्दा महिनासम्म मान्य हुने दुईवटा सर्भिस कुपन उपहारस्वरूप प्रदान गरिनेछ ।

सीजी मेरिडियाका एसीहरूमा Digital Inverter Compressor, IoT प्रविधि, Healthy Filter जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन् । कम्पनीले यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी पनि उपलब्ध गराएको छ । साथै, ग्राहकले आफ्नो आर्थिक भार कम गर्न नागरिकता मात्र पेश गरेर ०% सजिलो EMI मा घरायसी सामग्रीहरू खरिद गर्न सक्ने सुविधा छ ।

यो योजना फागुन २४ गतेदेखि सीमित अवधिको लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ । थप जानकारीका लागि ग्राहकहरूले सीजी केयर टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सक्नेछन् ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्स ले गुणस्तरीय उत्पादन, नवप्रवर्तन उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ ।

देशभर २१ वटा आधुनिक शोरुमहरू ४० वटा सेवा केन्द्रहरू मार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ । साथै, ग्राहक सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ ।

यसले ग्राहकलाई छिटो, भरपर्दो प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै सीजी ब्रान्डलाई गुणस्तर विश्वासको पर्याय बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =