गर्मीअघि टिसीएल नेपालको विशेष अफर: निःशुल्क एसी सर्भिस, एक्स्चेन्ज र २० प्रतिशत सम्म छुट

काठमाडौं । टिसीएल नेपालले गर्मी याम सुरु हुनुअघि ग्राहकलाई लक्षित गर्दै विशेष सेवा अभियान सुरु गरेको छ । कम्पनीले निःशुल्क एसी सर्भिस, एक्स्चेन्ज सुविधा तथा नयाँ एसी खरिदमा आकर्षक छुट समेटिएको अभियान फागुन २४ गतेदेखि सीमित अवधिका लागि सञ्चालन गरेको जनाएको छ ।
कम्पनीका अनुसार यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी साटेर नयाँ एसी खरिद गर्न सक्नेछन् । एक्स्चेन्ज गर्दा पुरानो एसीको मूल्याङ्कन विगतभन्दा ५० प्रतिशतसम्म बढी गरिनेछ। साथै नयाँ टिसीएल एसी खरिद गर्दा ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन् ।
अभियानका प्रमुख सुविधा
निःशुल्क एसी सर्भिस: कुनै पनि ब्रान्डको एसीको निःशुल्क जाँच तथा सर्भिसिङ (सेवा शुल्क नलाग्ने) ।
एक्स्चेन्ज सुविधा: पुरानो एसी साट्दा ५०%सम्म बढी मूल्याङ्कन र नयाँ टिसीएल एसी खरिदमा २०%सम्म छुट ।
निःशुल्क इन्स्टलेशन: नयाँ एसीमा करिब ४ हजार रुपैयाँ बराबरको निःशुल्क स्थापना सेवा ।
सेवा कुपन: एक्स्चेन्ज गर्ने ग्राहकलाई ३ हजार रुपैयाँसम्म मूल्यका दुई वटा सेवा कुपन ।
स्पेयर पार्ट्स छुट: एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५०%सम्म छुट ।
ग्राहकहरूले अभियानमा सहभागी हुन टोल–फ्री नम्बर १६६–००–१००–२११ वा १६६–००–१०२–२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै कम्पनीको आधिकारिक वेबसाइटमा गएर आफ्नो पुरानो एसीको मूल्याङ्कन गर्न पनि सकिनेछ ।
रजिस्ट्रेशनपछि कम्पनीका टेक्निसियन ग्राहकको घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सेवा सुविधा कम्पनीका नियम तथा शर्तअनुसार उपलब्ध हुनेछ र अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। टिसीएल नेपालले यस अभियानमार्फत ग्राहकलाई गर्मीको तयारीका लागि सहज र सुलभ सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।








