एलजी नेपालद्वारा गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर घोषणा

काठमाडौँ । नेपाल एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस पहलमार्फत LG का ग्राहकहरूले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्क बिना निरीक्षण तथा मर्मत गराउन सक्नेछन् । यसले राम्रो कूलिङ कार्यक्षमता, सुधारिएको ऊर्जा दक्षता तथा उत्पादनको लामो आयु सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस सेवा शिविरमा ग्राहकहरूका लागि थप विभिन्न लाभहरू पनि उपलब्ध छन् । ग्राहकहरूले स्पेयर पार्ट्समा ५० प्रतिशत सम्म छुट, नयाँ AC खरिद गर्दा २० प्रतिशत विशेष छुट, साथै रु. ४,००० बराबरको निःशुल्क इन्स्टलेसन सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै, आफ्नो पुरानो AC साटेर नयाँ मोडेलमा अपग्रेड गर्ने ग्राहकहरूले AC एक्सचेन्जमा ५० प्रतिशत सम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्, जसले गर्दा नवीनतम LG एयर कन्डिसनिङ मोडेलमा सजिलै स्विच गर्न सकिनेछ ।

सेवा शिविरमा सहभागी हुने ग्राहकहरूले रु. ३,००० बराबरका दुईवटा सेवा कुपन पनि प्राप्त गर्नेछन्, जुन छ महिनासम्म मान्य हुनेछ । यसले प्रारम्भिक सेवापछि पनि निरन्तर मर्मतसम्भार सहयोग सुनिश्चित गर्ने कम्पनीले जानकारी दिएको छ ।

अपग्रेड प्रक्रियालाई अझ सहज बनाउन, LG र CG Electronics ले CGX Elex मार्फत सजिलो EMI सुविधा पनि उपलब्ध गराइरहेका छन्, जसले ग्राहकहरूलाई लचिलो भुक्तानी योजनासहित नयाँ AC खरिद गर्न सहयोग गर्ने बताइएको छ ।

निःशुल्क AC सेवा शिविरको सुविधा लिन इच्छुक ग्राहकहरूले सि जी केयर आधिकारिक QR कोड स्क्यान गरेर वा सेवा हटलाइन 166-00-100-211 वा 01-5970211 मा सम्पर्क गरेर दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =