लोकल काक्रोको मूल्य प्रतिकेजी ६० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रुपैयाँ ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रुपैयाँ ५५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ३५ रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ५० रुपैयाँ, तिते करेला प्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परवर (तराई) प्रतिकिलो १२० रुपैयाँ, घिरौँला प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ६० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो २५, पालुङ्गो प्रतिकेजी ६०, चमसुर प्रतिकिलो ६०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो ४०, बकुला प्रतिकिलो ४०, तरुल प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १२०, च्याउ (डल्ले) प्रतिकिलो ३२०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।
स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १९०, कागती प्रतिकिलो २६०, अनार प्रतिकिलो ३३०, अङ्गुर (हरियो) प्रतिकिलो २२०, अङ्गुर (कालो) प्रतिकिलो ३२०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ६०, मौसम प्रतिकिलो १२०, जुनार प्रतिकिलो १३०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५०, रुख कटहर प्रतिकिलो १२०, निबुवा प्रतिकिलो एभोकाडो प्रतिकिलो ४०० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो १३०, अदुवा प्रतिकिलो १३०, सुकेको खुर्सानी प्रतिकिलो ४५०, खुर्सानी हरियो प्रतिकिलो १५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ९००, भेडे खुर्सानी प्रतिकिलो ७०, हरियो लसुन प्रतिकिलो ५०, हरियो धनियाँ प्रतिकिलो ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो १२०, छ्यापी हरियो प्रतिकिलो ८०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।









