आज तरकारीकाे मूल्य कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिकाअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रुपैयाँ ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ३५ रुपैयाँ, काउली तराई प्रतिकिलो ३० रुपैयाँ, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ६० रुपैयाँ, तिते करेला प्रतिकिलो १६० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परवर (तराई) प्रतिकिलो २०० रुपैयाँ, घिरौँला प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी प्रतिकिलो १४० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो १५, पालुङ्गो प्रतिकेजी ६०, चमसुर प्रतिकिलो ६०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो ४०, बकुला प्रतिकिलो ४०, तरुल प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ३००, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ५००, ब्रोकाउली प्रतिकिलो ३५, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकेजी २५०, कोइरालो प्रतिकिलो ३५०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ५०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १३०, पार्सले प्रतिकिलो २८०, सौफको साग प्रतिकिलो ६०, पुदिना प्रतिकिलो २३०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १७०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३०० र रूखटमाटर प्रतिकेजी २८० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =