राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छ: रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताएकी छन् ।

सोमवार राष्ट्रिय सभा सांसद पदको शपथ लिए लगत्तै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् ।

सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरूमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको बताइन् । उनले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने बताइन् । नवनिर्वाचित सांसद झाँक्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभा खारेज गर्न चाहेको छ नि ? भनेर प्रश्न गरिएको थियो ।

उनले भने ‘राष्ट्र र जनताको पक्षमा हुने संविधान सम्मत हर चिजहरू संविधान केही अपरिवर्तनीय धाराहरूबाहेक सबै परिवर्तनशील छन् । सबै प्रावधानहरू परिवर्तन हुन्छ । संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ । त्यसकारण यी सबै विषयहरूमा छलफल हुन सक्छ ।’

सांसद झाँक्रीले निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समीक्षात्मक बैठक बोलाउने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =