इलाम-१ मा श्रम संस्कृतिका लिम्बुलाई हराउँदै नेपाली काँग्रेसका राई विजयी
२०८२ फागुन २५ गते

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा इलाम–१ मा नेपाली काँग्रेसका निश्कल राई विजयी भएका छन् ।
निर्वाचन आयोगको तथ्यांक अनुसार ३५ वर्षीय राईले १४ हजार ५४३ मत प्राप्त गरे ।
राईका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका ३७ वर्षीय विनोद नेम्बाङ्ग लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरे भने ६४ वर्षीय नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी० का काजी मान कागते ले ११ हजार ९६६ मत प्राप्त गरे ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५४ वर्षीय विमल गदालले ९ हजार १६० मत प्राप्त गरे ।
२०८२ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








