संखुवासभामा एमालेको निरन्तर अग्रता कसको मत कति ?

संखुवासभा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्कीले आफ्नो अग्रतालाई थप सुरक्षित बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँगको मतान्तरलाई फराकिलो बनाएका हुन् ।

हालसम्मको गणना अनुसार एमालेका कार्की १० हजार १७७ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई रास्वपाका मिङमा शेर्पाले ९ हजार १९४ मतसहित पछ्याइरहेका छन् । पछिल्लो विवरण अनुसार कार्की र शेर्पाबीचको मतान्तर ९८३ पुगेको छ । यसअघि यी दुई उम्मेदवारबीच ७६६ को अन्तर रहेकोमा अहिले कार्कीले आफ्नो अग्रतालाई थप मजबुत बनाएका हुन् ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठ ७ हजार ६५९ मतका साथ तेस्रो स्थानमा रहेका छन् । श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ५ हजार ९०४ मत प्राप्त गरेकी छन् भने नेकपाकी सरिता थापाको पक्षमा हालसम्म १ हजार ९६७ मत खसेको छ ।

संखुवासभामा मुख्य प्रतिस्पर्धीबीचको मतान्तर बढ्दै जाँदा चुनावी सरगर्मी झनै बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =