गोरखा-१ मा सुदन गुरुङ ८ हजार बढी मतले अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङले आफ्नो सुरुवाती अग्रतालाई निकै मजबुत बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले आफ्ना निकटतम प्रतिस्पर्धीसँगको मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका हुन् ।

हालसम्मको मतगणना अनुसार रास्वपाका गुरुङले १९ हजार २ सय ९७ मत प्राप्त गरी शीर्ष स्थान सुरक्षित गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीलाई ८ हजार १ सय ३० मतको ठूलो अन्तरले पछाडि पारेका छन् । खत्रीले अहिलेसम्म ११ हजार १ सय ६७ मतका साथ गुरुङलाई पच्छ्याइरहेका छन् ।

त्यसैगरी, वामपन्थी उम्मेदवारहरू यो प्रतिस्पर्धामा निकै पछाडि देखिएका छन् । नेकपाका हरिराज अधिकारी ७ हजार २ सय १६ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले २ हजार ७ सय २ मत प्राप्त गरेका छन् । यस्तै, उज्यालो नेपाल पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका रामकाजी राना मगरको पक्षमा २ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =