इलाम-१ मा त्रिपक्षीय प्रतिस्पर्धा, कांग्रेसलाई झिनो मतको अग्रता
२०८२ फागुन २५ गते

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम-१ मा मतगणना जारी रहेको छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो । कांग्रेसका निश्कल राईले १० हजार ६१५ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १० हजार २०७३ मत ल्याएका छन् ।
नेकपा एमालेका काजी मान कागतेले ९ हजार ७८१ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ६४१८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका रन बहादुर राई ४ हजार ९१२ मतसहित पाँचौँ स्थानमा छन् ।
२०८२ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








