फराकिलो मतान्तरसहित ललितपुर २मा जगदिश खरेल निर्वाचित

ललितपुर । ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदिश खरेल विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत पाएका छन् ।

अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७ र श्रम संस्कृति पार्टीका सरोज राईले ६ सय ८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =