सुनसरी-१ मा अघि बढे हर्क, १३ हजार मतान्तरले पछि पर्‍यो रास्वपा

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ को मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले आफ्नो बर्चस्व कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार साम्पाङले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै ठूलो मतान्तरले पछाडि पार्दै जिततर्फको यात्रा बलियो बनाएका हुन् ।

हालसम्म कुल ७३ हजार ८५१ मत गणना भइसक्दा साम्पाङले ३३ हजार ५६५ मत प्राप्त गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार शरिन गोमा तामाङसँग १३ हजार ३२८ को फराकिलो मतान्तर कायम गरेका छन् । रास्वपाकी तामाङले हालसम्म २० हजार २३७ मत पाएकी छन् ।

यस्तै, प्रतिस्पर्धाको तेस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराई रहेका छन् । उनले ५ हजार ५८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना जारी रहँदा साम्पाङको अग्रताले क्षेत्र नम्बर १ मा नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =