सिराहा १ मा रास्वपाका बब्लु गुप्ता विजयी

सिराहा । सिराहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७ सय ८४ मतसहित दोस्रो भए । यसै क्षेत्रका निवर्तमान सांसद् नेकपा एमालेका रामशंकर यादव ७ हजार ८ सय ६६ मत पाएर तेस्रो भए । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २ सय ८५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =