सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्कीको जित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार सोलुखुम्बुमा नेपाली कांग्रेसले आफ्नो झण्डा गाडेको छ । कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार कार्कीले कुल १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले ९ हजार ४१४ मतमा चित्त बुझाउनु पर्यो । कार्की र राईबीचको मतान्तर ३ हजार ७५२ रहेको छ । यस्तै, तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन् ।

चुनावी मैदानमा रहेका अन्य उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषिधन राईले ३ हजार ६४२ मत र श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =