नवलपुर–२ बाट विजयी रास्वपाका जेनजी उम्मेदवार खनाल को हुन् ?
२०८२ फागुन २३ गते

काठमाडौँ । नवलपुर–२ बाट रास्वपाका युवा उम्मेदवार मनिष खनाल ४१ हजारभन्दा बढी मत ल्याई विजयी भएका छन् ।
२६ वर्षीय अधिवक्ता समेत रहेका खनाल जेनजी आन्दोलनपछि चर्चामा आएका थिए ।
उनले बीएएलएलबी पूरा गरी नेपाल बार काउन्सिलबाट लाइसेन्स प्राप्त गरिसकेका छन् । साथै विगत दुई वर्षदेखि अधिवक्ताका रूपमा वकालत पेसामा सक्रिय छन् ।
जेनजी आन्दोलन तथा अन्तरिम सरकारसँगको छलफलमा सक्रिय सहभागी रहेका खनाल यसअघि विवेकशील नेपाली दलमा आबद्ध भई केन्द्रीय सदस्यसमेत बनेका थिए ।
सानै उमेरदेखि राजनीतिमा रुचि राखेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदको सचिवालयमा रहेर समेत काम गरेका छन् ।
प्रतिनिधिसभा सदस्य खनाल अब संसदमा जनताको आवाज बुलन्द पार्ने जिम्मेवारीमा प्रवेश गरेका छन् ।
२०८२ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित









