सर्लाही-२ र नवलपुर-२ मा रास्वपाको जीत: महतो र खनाल विजयी

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन् । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे ।
मा रास्वपाका महतो विजयी
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी भएका छन् ।
आज दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गरे । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गरे ।
साथै नेपाली कांग्रेसका सरोजकुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमदले दुई हजार २८३ मत मात्र प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।








