कञ्चनपुर-२ र सर्लाही-१ मा रास्वपाको जीत: बोहरा र कार्की विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी भएका छन् ।

उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा (एमाले)का बचनबहादुर सिंहले छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।

सर्लाही–१ मा रास्वपाकी कार्की विजयी

बरहथवा (सर्लाही) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा भण्डारी (कार्की) विजयी भएकी छन् । उनले कूल ४४ हजार १८१ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८१७ मत मात्र प्राप्त गरे । भने नेकपा (एमाले)का मनोजकुमार देवकोटाले छ हजार १०१, नेकपाका उम्मेदवार प्रमोदकुमार साहले पाँच हजार ४९८, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =