ललितपुर-१ मा रास्वपाका बुद्ध रत्न महर्जन विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गरेको छ । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार बुद्ध रत्न महर्जन भारी मतान्तरका साथ निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं नेपाली कांग्रेसका प्रभावशाली नेता उदय शमशेर जबरालाई ९ हजार ८५३ को फराकिलो मतान्तरले पराजित गरे । पराजित राणाले १३ हजार ५२० मत मात्रै प्राप्त गर्न सफल भए ।

यसअघि सो क्षेत्रमा बलियो पकड मानिएका कांग्रेस नेता राणालाई नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले ठूलो धक्का दिएको छ ।

त्यस्तै, चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार चेत नाथ संजेल तेस्रो स्थानमा खुम्चिएका छन् । संजेलले कुल ६ हजार ५४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =