काठमाडौँ–६ मा रास्वपाका खनाल विजयी

काठमाडौँ । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन् ।

खनालले २७ हजार ७१९ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए ।

कुल ३४ हजार ४७३ मत खसेको थियो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले छ हजार ६४७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमनकुमार मास्केले चार हजार ३७३ मत पाएको उनले बताए ।

निर्वाचित खनाल पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका साथै काठमाडौँ क्षेत्र नं ६ का निर्वाचित प्रतिनिधिसमेत भए । उनले टेक फर नेपालमार्फत सात वर्ष सरकारी विद्यालयको गुणस्तर सुधार र अभियानमा नेतृत्व गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गर्दै स्थानीय नीतिनिर्माणमा योगदान दिएका उनले सर्वोदय श्रमदान अभियानमार्फत नेपाल, श्रीलङ्का र अमेरिकामा सामाजिक रुपान्तरणमा सक्रिय भूमिका खेलेका छन् । उनले सन् २०१५ भूकम्प पीडितका लागि राहत वितरणमा समन्वय गर्नुका साथै सन् २०२० मा टोलटोलमा सिकाइ अभियानका लागि वैकल्पिक शिक्षणको ढाँचा विकासमा जोड दिँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =