विजयी भएपछि रञ्जुले भनिन्- वैकल्पिक राजनीतिले जित्यो, रियल फाइट अब सुरु हुन्छ (भिडिओ)

काठमाडौँ । काठमाडौँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रञ्जु न्यौपानेले वैकल्पिक राजनीतिको जित भएको प्रतिक्रिया दिएकी छन् ।

शुक्रवार निर्वाचनको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ३५–३६ वर्षदेखि बारम्बार मतदाताले नेपाली नागरिकलाई धोका दिनेहरूलाई ढोका बन्द गरिदिएको पनि बताइन् । उनले आफूलाई बहुमतले निर्वाचित गराउने काठमाडौँ–१ का मतदातालाई धन्यावाद समेत दिइन् ।


उनले आफूहरूको वास्तविक लडाइँ अब सुरु हुने पनि बताइन् ।

उनले भनिन् ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौँ। मतदाताले पनि विशेष रूपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरूलाई ढोका बन्द गरिदिन्छौ भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो । यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्त्वपूर्ण जित हाँसिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब सुरु हुँदै छ । काठमाडौँ–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो वैकल्पिक राजनीतिको जित हो । यो विवेकशील राजनीतिको पनि जित हो ।’

उनले विवेकशील राजनीतिको समेत जित भएको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =