पर्सा-३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता

काठमाडौँ । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले एक हजार ५१ मत ल्याएर अग्रता लिएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले ७७१, नेकपा (एमाले) का रूपेशकुमार पाण्डेले २३८ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ र स्वतन्त्र नौ गरी २३ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रमा ९६ हजार पाँच सय ४२ मतदातामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =