सुर्खेत–१ मा काँग्रेसको सुरुआती अग्रता, पछ्याउँदै रास्वपा

कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु भएको छ ।

क्षेत्र नं १ मा एक हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गरेका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले ५४५, नेकपा (एमाले) का ध्रुवकुमार शाहीले ४२७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, क्षेत्र नं २ मा एमालेका कुलमणि देवकोटाको अग्रता छ । यहाँ ७८१ मतगणना हुँदा उनले ३१६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले २१८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =