चितवन क्षेत्र नम्बर २

रविको अग्रता दोब्बर, यस्तो छ पछिल्लो अंकगणित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना यतिबेला रोचक मोडमा पुगेको छ । पछिल्लो प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै अग्रता कायम राखेका छन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, कुल ५ हजार १८० मतको गणना सकिँदा लामिछानेले २ हजार २५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार ६९ मतका साथ पछ्याइरहेका छन् । लामिछाने र घिमिरेबीचको मतान्तर झण्डै दोब्बर देखिएको छ ।

यसैगरी, चुनावी प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरूङ तेस्रो स्थानमा देखिएका छन् । उनले हालसम्म १ हजार १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले भने हालसम्म ६ सय ६८ मत मात्र सुरक्षित गर्न सकेकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल इच्छाकामना गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूको मतगणना कार्य जारी रहेको छ । ग्रामीण भेगको मत परिणाम आउन थालेसँगै उम्मेदवारहरूबीचको प्रतिस्पर्धा थप प्रष्ट हुँदै गएको छ । गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =